प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता–पत्र अनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २०% र औषधीमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५% सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।












