१८ भदौ २०८३, बिहिबार

एसबिआई बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई ९.४७ प्रतिशत लाभाशं पारित



काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुको २७ औं बार्षिक साधारणसभा पौष २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त सभाले आर्थिक बर्ष २०७६।०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६।०७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले (६ प्रतिशत बोनश शेयर र ३.४७ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको आ.ब.२०७६।०७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आ.व.२०७७।०७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स,
चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वा प्राप्ती।एक्विजिसन गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने।गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने।गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताब समेत पारित गरेको छ ।