हप्तामा सुनको मूल्य २८ सय र चाँदी ७० रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । यस साता छापावाल सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको छ । गत हप्ताको शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस हप्ताको शुक्रबारका दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । गत हप्ताको शुक्रबार १३ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यस हप्ताको शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ४ सय रुपैयाँले बढेर मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० मा कारोबार भएको छ ।
विहिबार छापावाला सुनको मूल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, विहिबार तेजावी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, विहिबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सय ४५ मा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मुल्य २० रुपैयाले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य ८०० ले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ४० रुपैंयाले घटेर १२३० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य पनि २३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलामा ६० रुपैयाँ घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सातोको अन्तिम दिन तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।













