इन्फ्रास्ट्रक्चर बैंकको पहिलो दिनमा नै २ लाख ८५ हजारको आवेदन, ३ अर्ब ७० करोड संकलन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इन्फ्रास्ट्रक्चर बैंकको पहिलो दिनमा नै २ लाख ८५ हजारको आवेदन, ३ अर्ब ७० करोड संकलन



काठमाडौं । शुक्रबारदेखि निष्काशन गरिएको हालसम्म कै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिन नै २ लाख भन्दा बढिले आवेदन दिएका छन् । शुक्रबार ५ बजेसम्म २ लाख ८५ हजार ३ सय १८ जनाले आवेदन दिएका बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।

पहिलो दिन ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६ सय ७० सेयर कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

शुक्रबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री निष्काशन गरिएको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।

बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

बैंकको आइपीओमा न्युनतम ५० कित्ता शेयरसम्म पर्ने अनुमान गरिएको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्