नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन



काठमाडौं । नेपाल मैदा उद्योग संघको २२ औं बार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ । साधारण सभा माघ २ गते शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्धितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष कुमुद कुमार दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भईसक्नु भएको थियो । आजको सभाले संघको नयां नेतृत्वको लागि पून उहाँलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

सभाले निम्न निर्णयहरु पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय भयो

१) मु.अ.करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको हुंदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।

२) मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने ।

३) कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने ।

४) गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने ।

५) गहुं आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुं आयात गर्दा १ प्रतिशत हुन पर्ने । कमसेकम याा कभबकयल मा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुं आयात गर्न पाउनु पर्ने ।

६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने ।

७) नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने ।

८) मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदान लाई पून ५ प्रतिशत कायम हुनु पर्ने । जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने ।


प्रतिक्रिया दिनुहोस्