एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न,संयुक्त मर्जरको अन्तिम सम्झौता पारित
काठमाडौं । आज आईतबार दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ ।
सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्त आ वा २०७६/७७ को नाफा नोक्सानहिसाबतथानगदप्रवाहविवरण र सोहि अवधिको वित्तीय विवरण सँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।
यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीचभएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्व सम्मत रुपमा साधारण सभाले पारित गरेको छ ।
त्यस्तै साधारण सभामा तय भएको सर्व साधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्वगर्ने दुई जना संचालकहरु शंशाकअग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन ।यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाभएको छोटो समयमा नै लघुवित्त क्षेत्रमाउच्च योगदान गर्न सफल भएको छ ।
संस्थाको १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमावित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।













