नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट ११ गतेदेखि एकिकृत कारोबार शुरु हुने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको माघ ११ गतेदेखि एकिकृत कारोबार शुरु हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गरेपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट ११ गतेदेखि एकिकृत कारोबार शुरु हुने बैंकले जनाएको हो ।
असोज २८ गते दुबै कम्पनीको विशेष साधारण सभाले प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गर्दै इन्भेष्टमेन्टले सिटी एक्सप्रेसलाई १०० बराबर ३० को अनुपातमा किनेको थियो ।











