स्वाभिमान लघुवित्तको २१.०५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
हिजो बसेको संचालक समितिको बैठकले आ व २०७६.०७७ सम्मको चुक्ता पुजीको मुनाफाबाट २० प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरि २१.०५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकुत भई वार्षिक साधारण सभाले पारीत गरेपछि शेयर धनीले पाउने छन ।













