७ श्रावण २०८३, बिहिबार

सोमबार २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको ज्यान गयो



काठमाडौँ । सोमबार पछिल्लो २४ घण्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ७४ जना कोरोना संक्रमणबाट निको भएका छन । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ८ सय ६१ रहेको छ ।

त्यसैगरी ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्