प्रि ओपनमा साढे २९ अंकले बढेको नेप्से ५.५७ अंकले घट्यो, साढे ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने समयमा घटेको छ । केहि दिनदेखि लगातार बढेको बजार मंगलबार झिनो अंकले घटेर करेक्सन भएको हो । मंगलबार २०६ कम्पनीको नेप्सेमा कारोबार हुँदा करिव साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार निर्जीबन बीमा समूहका लगानीकर्ताले १२४.८९ अंकले सर्वाधिक गुमाए भने जीबन बीमा समूहका लगानीकर्ताले भने ५३५.६७ अंकले आर्जन गरे । मंगलबार २०६ कम्पनीको १ करोड ६२ लाख ९७ हजार २३१ कित्ता सेयर ५७ हजार ९१४ पटक किनबेच हुँदा ७ खर्ब ४६ करोड १ लाख १९ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

सोमबार हालसम्म कै उच्च बीन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्से मंगलबार ५.५७ अंकले घटेर ३२२६.९० अंकमा बन्द भएको हो । सोमबार १७.३१ अंक बढेर २३३२.३१ विन्दुमा पुगेको नेप्से मंगलबार प्रि ओपनमा २९.५२ अंक बढेर २३६१.९९ विन्दुमा पुगेको थियो तर बन्द हुने समयमा सामान्य अंकले घटेको हो ।













