मालपोत कार्यालय ललितपुरका नासु घुस सहित पक्राउ
काठमाडौं । मालपोत कार्यलय ललितपुरका नायब सुब्बा पक्राउ परेका छन ।
ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ललितपुर महानगरपालिका १२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिगिसकेपछि उनीहरु पक्राउ परेका हुन ।
जग्गाको ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरुले सेवाग्राहीसँग उक्त रकम माग गरेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।













