२ कार्तिक २०८३, सोमबार

महिला सहयात्रा लघुवित्तले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको माघ ७ गते सम्पन्न १२२ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रब बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।