मिर्मिरेले ७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्यो, खुद ब्याज आम्दानी १७ करोड ९२ लाख रुपैयाँ
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.७७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ५७ लाख रुपैयाँ बढेर १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ३ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ३० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन मुनाफा ६ करोड ५२ लाख रुपैयाँ बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको चुक्ता पूँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले १ अर्ब ६७ करोड निक्षेप र ३ अर्ब ३५ करोड रुपैयाँ सापटीबाट कुल ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९१ करोड ३२ लाख रुपैयाँ निक्षेप र १ अर्ब ६५ करोड रुपैयाँ सापटीबाट २ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७.९४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.०९ गुणा रहेको छ ।















