मर्जरको चर्चाले सेयर मुल्य बढेपछि नेप्सेले एनसीसी बैंकलाई सोध्यो स्पष्टीकरण, मर्जरबारे छलफलनै भएको छैन : सीईओ अर्याल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मर्जरको चर्चाले सेयर मुल्य बढेपछि नेप्सेले एनसीसी बैंकलाई सोध्यो स्पष्टीकरण, मर्जरबारे छलफलनै भएको छैन : सीईओ अर्याल



काठमाडौं । आइतबार एक्कासी सेयरमा सर्किट लागेपछि एनसीसी बैंक लाई नेपाल स्टक एक्चेन्ज लि. (नेप्से)ले के कती कारणले सेयर मुल्य बढाएको हो भनेर प्रश्न गरेको छ ।

आइतबार सेयर बजारमा एनसीसी बैंकको सेयरमा सर्किट लागेको थियो । नविल बैंकसंग मर्जरको हल्ला चलेपछि एनसीसी बैंकको सेयर किन्नेको भिड लागे भने वेच्ने भेटिएनन् ।

शुक्रबारनै अनलाइन न्युजहरुमा नविल बैंकसंग एनसीसी बैंकको मर्जर हुन लागेको हल्ला चलेको थियो । शुक्रबार एनसीसी बैंकको साधारणसभा गरेको थियो । साधारणसभाले मर्जरको लागी संचालक समितिलाई अख्तियारी दिएको थियो ।

‘मर्जर कुन कम्पनीसंग हुन्छ हामीलाई चथाहै छैन, खाली मर्जरको लागी संचालक समितिलाई साधारणसभाले अख्तियारी दिएको मात्रै हो’ सीईओ रमेशराज अर्यालले अर्थपथसंग भने ।

‘सबै बैंकलेजस्तै हामीले पनि मर्जरको लागी संचालक समितिलाई अख्तियारी लिने काम मात्रै भएको र मर्जर कुन कम्पनसंग हुन्छ भनेर संचालक समितिलाईनै थाहा छैन सीईओ अर्याले भने ।’

एनसीसी बैंकलाई नेपाल स्टक एक्चेन्ज (नेप्से)ले के कती कारणले सेयर मुल्य बढाएको हो भनेर प्रश्न गरेको छ । सो को जवाफ भोलीनै नेप्सेलाई दिने सीईओ अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस्