२९ श्रावण २०८३, शुक्रबार

नाफामा कुमारी बैंकको छलाङ, ६ महिनामै १ अर्व २१ करोड, आधारदर ७.९२ प्रतिशतमा झार्न सफल



काठमाडौं । पछिल्लो समय निक्कै आक्रामक बजार विस्तारमा लागेको् कुमारी बैंकले चालु आबको दोस्रो क्वाटरमा उल्लेख्य नाफामा बृद्धि गरेको छ । कोरोनाका कारण सबै बैंकको व्यावसायमा संकुचन आइरहेका बेला कुमारी बैंकले भने ५१.४९ प्रतिसत नाफा बढाउन सफल भएको छ ।

बैंकले सोमबार चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवारण प्रकाशित गरेको छ । सो विवरण अनुसार बैंकले कात्तिक मंसिर र पुष महिनामा उच्च नाफा बढाएको छ । बैंकले चालु आवको ६ महिनामा १ अर्ब २१ करोड ६५ लाख नाफा गर्न सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा ८० करोड ३० लाख नाफा कमाएको थियो ।

१ वर्षको अवधीमा कोरोनाको महामारीका विच ४ अर्व लगानी बढाएको कुमारी बैंकले आफ्नो स्प्रेड दर र आधारदरमा समेत व्यापक सुधार गरेको छ । खराव ऋण व्यापक उठाएको छ । ६ अर्व ३७ करोड व्याज आन्दानी गरेको कुमारी बैंकले १ खर्व २२ अर्व निक्षेप संकलन गरी १ खर्व १४ अर्व लगानी गरेको छ ।

बैंकले स्प्रेड दर ४.३७ बाट ३.५८ प्रतिशतमा ल्याउन सफल भएको छ भने आधार दर पनि व्यापक सुधार गरेको छ । आधारदर १०.४५ बाट ७.९२ प्रतिशतमा झार्न सफल भएको छ ।