तीन कम्पनीको शेयरमूल्य समायोजन,कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।आज शेयर मुल्य समायोजन हुनेमा गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक रहेको छ ।
आज तीनै कम्पनीहरुको हिजो आइतबारको शेयर कारोबार अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो । हिजो एनआरएन इन्फ्रस्टक्चरको ३८० रुपैयाँ, गरिमाको ३६८ रुपैयाँ, र सेन्ट्रल फाइनान्सको २३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
आज शेयर मुल्य समायोजन भएअनुसार गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पछि बैंकको शेयर मुल्य ३२४ रुपैयाँ तोकिएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चरको २.८५ प्रतिशत बोनस समायोजन गरी ३६९ रुपैयाँ कायम भएको छ ।सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस समायोजन पश्चातको मूल्य २१७ रुपैयाँ तोकिएको छ ।













