१७ कम्पनीको ६ अर्बको आईपीओ पाइपलाइनमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

१७ कम्पनीको ६ अर्बको आईपीओ पाइपलाइनमा



काठमाडौं । सेयर बजारमा सुचिकृत हुन तयार ५ अर्ब ८२ करोड ६४ लाख ३७ हजार ७२० रुपैयाँ बराबरको ५ करोड ८१ लाख ८२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा छ । धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरूमा अधिकांश जलविद्युत कम्पनी छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी पनि छन् । पछिल्लो समयमा सेयर बजारमा आएको उछालसँगै कम्पनीहरूको आईपीओमा पनि लगानीकर्ताको ध्यान धेरै नै जान थालेको छ । जुनबेला दोस्रो बजार सुस्त गतिमा चलेको थियो त्यो बेला साधारण सेयरमा माग अनुसार आवेदन नपरेर अन्डरराइटरले सकार्न‘पर्ने बाध्यता थियो । तर पछिल्लो समय बजार बढदा माग भन्दा कयौं गुण बढी आवेदन परेर गोलाप्रथाबाट सेयर बाँडफाँट हुन थालेको छ ।

अहिले जलविद्युत कम्पनीको पनि सेयर मूल्य बढदा आईपीओ आएका जलविद्युत कम्पनीको पनि मागभन्दा बढी नै आवेदन पर्न थालेको छ । जसले गर्दा पाइपलाइनमा रहेका कम्पनीहरू पनि लगानीकर्ताको प्रतिक्षामा रहेका छन् । अहिले बोर्डको पाइपलाइनमा नै ११ वटा जलविद्युत कम्पनी छन् । पाइपलाइनमा रहेका कम्पनीमा सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि नै बोर्डको पाइप लाइनमा छ । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ पनि २०७४ असोज २० गते बोर्डमा दर्ता भएको थियो ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी भोटेकोशी जलविद्युत् कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम सीबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ । त्यस्तै बीमा कम्पनीतर्फ ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता बोर्डको पाइपलाइनमा छ । इक्रोफाइनान्सतर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता छ । अहिले धेरै नै चर्चामा रहेको अर्को कम्पनी भनेको डिस मिडिया नेटवर्क पनि हो । डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बोर्डको पाइप लाइनमा छ ।


प्रतिक्रिया दिनुहोस्