मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना निको भए
काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप कोरोना भाइरसका ३ सय ३ जना सङ्क्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ ।
त्यसैगरि पछिल्लो चौबीस घण्टामा २ सय ८५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन । यो संगै कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ ।
त्यसैगरी उक्त अवधिमा ६ जना सङ्क्रमितको ज्यान गएको छ । सो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुइ हजार १७ जना पुगेको छ ।













