७ श्रावण २०८३, बिहिबार

विहिबार थप २ सय १३ जनामा कोरोना, २९६ जना निको भएर घर फकिए



काठमाडौं । विहिबार नेपालमा थप २ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै यो संगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको जानकारी दिएको छ ।

त्यस्तैगरी देशका विभिन्न अस्पतालबाट २ सय ९६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन ।पछिल्लो चौबीस घण्टामा २९६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ३ सय ६५ जना पुगेको छ ।

त्यस्तै गरी आज पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको ज्यान नगएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हिजोसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या दुई हजार बीस जना पुगेका छन् । नेपालमा केही महिना यता आज पहिलो पटक कोही पनि सङ्क्रमित ज्यान नगएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्