७ श्रावण २०८३, बिहिबार

दुप्चेश्वरले सुरु गर्यो सामुदायिक घुम्ती कानुनी क्लिनिक



नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले सामुदायिक घुम्ति कानुनी क्लिनिक सञ्चालन गरेको छ ।दुप्चेश्वर गाउँपालिका र राष्ट्र निर्माण मञ्च नेपालको सहकार्यमा सुरु भएको उक्त कार्यक्रमले गाउँगाउँमा विद्यमान समस्याहरुमाथी कानुनी उपचारको लागि पहल गर्ने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले बताए ।

वडा न ७ स्थित शिखरबेशीबाट सुरु भएको उक्त कार्यक्रम वडा नं. २, ३ र ७ मा सञ्चालन भइसकेको छ भने आज १६ गते वडा नंंं. ४ र त्यसपछि क्रमैसँग वडा नं. ५ र छ मा सञ्चालन हुने तामाङले जानकारी दिएका छन ।

नेपालको संविधान २०७२ ले सामाजिक समस्या समाधानका लागि कस्तो कानुनी व्यवस्था गरेको छ भन्ने कुरा सबै नागरिकलाई जानकारी होस र चेतनाको स्तर वुद्धी होस भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको
अध्यक्ष तामाङले बताए । कार्यक्रममा बालविवाह अन्त्य, आर्थिक मामिला, पुननिर्माणजस्ता विषयहरुसँग सम्बन्धित ऐन, नियम तथा कानुनी पक्षहरुका साथै स्वास्थ्य शाखाबाट विपन्न नागरिक उपचार सिफारिसको लागि पुरा गर्नु पर्ने व्यवधानहरु जस्ता विषयहरुमा छलफल भएको थियो ।

त्यस्तै गरी भुकम्पपीडितलाई समेत कानुनी सल्लाह र सहायता प्रदान गदै आएको सामुदायिक घुम्ति क्लिनिकले गाउँपालिकका हरेक वडा र टोलटोलमा पुगेर परामर्श दिने, चेलिबेटी बेचबिखन, बालबिबाह, जातिय भेदभावलगायतका सामाजिक समस्याहरुमा समेत परामर्श उपलब्ध गराउँदै आएको छ ।

सामुदायीक घुम्ती क्लिनिकमा कानुनी परामर्शका लागि कानुन विद् समेतको सहभागिता रहने छ ।कार्यक्रममा स्थानिय क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रछात्रा, महिला, जेष्ठ नागरिकलाई सहभागी गराई विभिन्न परामर्श उपलब्ध गराउने दुप्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्