स्रोत नखुलेको १० लाख रुपैयाँसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
उनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।













