आइतबार थप १०५ जनामा कोरोना, २ जनाको ज्यान गयो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा २ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार थप २ जनाको कोरोनाबाट ज्यान गएको छ ।यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ । हाल १ सय २ जना क्वारेन्टाइनमा रहेका छन ।












