७ श्रावण २०८३, बिहिबार

मंगलबार थप १७१ जनामा कोरोना, १जनाको ज्यान गयो



काठमाडौं । मंगलबार थप १ सय ७१ जनामा कोरोना संक्रमण भएको छ ।गएको चौबीस घण्टामा दुई हजार ९ सय ४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ७१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७१ हजार २ सय ८९ जना पुगेको छ ।

त्यस्तैगरी नेपालमा पछिल्लो चौबीस घण्टामा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकोे संख्या दुई हजार ३० पुगेको छ ।

त्यसैगरी पछिल्लो चौबीस घण्टामा २ सय ५९ जना कोरोना निको भएर घर फकेका छन । योसँगै कोरोनामुक्त हुनेको जम्मा संख्या दुई लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्