मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने म्याद थपीयो
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
फाइनान्सको ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन ।सो ऋणपत्रको नाम ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ ।
फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरिएको हो ।













