लागूऔषध कारोबार गर्ने धादिङका अधिकारी सहित चारजना पक्राउ
काठमाडौ । लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ परेका छन । उनीहरुलाई प्रहरीले अबैध लागुऔषध सहित काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी ,काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले काठामाडौंको गौरीघाट क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाको पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट लागूऔषध पोल्याण्ड ३ केजीसहित २० नगद पैसा बरामद गरेको प्रहरीले जनाएको छ ।













