प्रचण्ड माधव समुहकाे हड्तालमा बैंक वित्तिय संस्थाकाे कर्मचारीका सवारी नचल्ने
काठमाडाैं । भाेली बिहिबार सरकारले संबैधानिक निकायमा गरेकाे नियुक्ती गैरकानुनी रहेकाे भन्दै नेकपाकाे प्रचण्ड-माधव समुहले देशव्यापी हड्तालकाे घाेषणा गरेकाे छ । साे हड्तालमा बैंक वित्तिय संस्थामा कार्यरत कर्मचारीकाे सवारीसमेत बन्द हुने संघर्ष समितिका संयाेजक नारायणकाजी श्रेष्ठले बताए ।
बिहिबारकाे हड्तालमा निर्धारित परिक्षामा सहभागी हुने विद्यार्थीहरूले प्रवेशपत्र देखाएर सहभागी हुन पाउने तर अत्यअावश्यक क्षेत्र मानिएकाे बैंक वित्तिय क्षेत्रका कर्मचारीका सवारी बन्द हुने नेकपाका नेतासमेत रहेका नारायणकाजी श्रेष्ठले बताए ।
शेष्ठका अनुसार प्रेस, एम्बुलेन्स, दुध, तरकारीलगायतका अत्यअावश्यक सवारी संचालन हुनेछन । उता नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने बित्तिय सेवा नियमित हुने जानकारी दिए ।












