संविधानकाे रक्षाकाे लागी ओली समुहकाे शक्ति प्रदर्शन, ३ लाख मानिस नारायणहिटी अगाडी उतार्ने
काठमाडाैं । संविधानकाे रक्षा र स्थायीत्वकाे लागी नेकपाकाे ओली समुहले आज राजधानिमा बृहत आमसभा गर्न लागेकाे छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संबाेधन गर्ने सभामा ३ लाख जनता सडकमा उतार्ने तयारी छ ।
पुष ५ गते सरकारले संसद विघटन गरेपछि नेकपाकाे दुबै समुहले देशव्यापी सभा र जुलुस गर्दै आएका छन । सत्तापक्षले आज हुने सभा विषेस हुने जनाएकाे छ ।
सभाकाे अघिल्लाे दिन साँझ पुर्वमन्त्री महेश बस्नेतकाे नेतृत्वमा युवाहरूले प्रचारात्मक र्यालि निकालेकाे थियाे । सभालाई संबाेधन गर्न नारायणहिटी अगाडीका सडककाे डिभाईडर हटाईएकाे छ ।
नेकपा बागमती प्रदेश कमिटिकाे आयाेजनामा हुने सभाकाे लागी विभिन्न जिल्लाबाट सर्वसाधारणलाई रमजधानी ल्याईने तयारी छ ।













