सिभिल बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । सिभिल बैंकको सयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले बंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१५ तोकेको छ ।
हिजो कारोबार भएको कम्पनिको अन्तिम शेयरमूल्य रू. २३२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।हिजो कम्पनिको लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन ९ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ ।सभा केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा बस्ने छ ।












