९ कार्तिक २०८३, सोमबार

चन्द्रागिरि हिल्सको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने



काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर(आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १००र– कायम भएको उक्त आईपीओ बुधबारको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्से र कम्पनीबीच शेयर सूचीकरण सम्झौता आज सम्पन्न भएको हो । अब आइतबारबाट कम्पनीको शेयर कारोबार शुरु हुने छ । नेप्सेका अनुसार पहिलो शेयर कारोबारका लागि रु. ९६.६९ देखि रु. २९०.०७ ओपन रेञ्ज दिइएको छ ।