सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको सम्पन्न भएको छ ।
राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन ।
यस्ता छन् सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमति
१. दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत
२. सबै क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति
३. सरकारले लगाएको प्रतिबन्ध हटाउन र बन्दी रिहाइ र सबै मुद्दा खारेज गर्न सहमति













