१ कार्तिक २०८३, आइतबार

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेको हो ।