जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा
काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने भएको छ ।
आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्नेे बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिएका छन । परिक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्म चल्लनेछ ।
यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय राष्ट्रिय परिक्षा बोर्डले गरेको छ ।













