२८ श्रावण २०८३, बिहिबार

शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक चैत्र ३ गते बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

आज बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै अब ३ गते बस्नेगरी सकिएको हो ।

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।