२८ श्रावण २०८३, बिहिबार

बुधबार ३.४० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार



काठमाडौं । बुधबार ३.४० अंकले सेयर बजार परिसुचक नेप्से घटेको छ ।आज सेयर बजार परिसुचक नेप्से ३.४० अंकले घटेर २४ सय ५८ .४८ अंकमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ४ अर्ब १० करोड ४० लाख ६ हजार ३ सय ३७ रुपैँयाको कारोबार भएको छ । ७८ लाख १६ हजार ८ सय ७४ कित्ता ४६ हजार ९ सय ४८ पटक कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी जीवनवीमा समुहका लगानिकर्ताले गुमाएका छन । आज जीवनविमा समुह १ सय २८ .८३ अंकले घटेको छ । त्यस्तै आज सबैभन्दा बढी व्यापार समुहका लागानिकर्ताले कमाएका छन । आज व्यापार समुह २९६. ९७ अंकले बढेको छ ।