ग्रीन लाइफको आईपीओको ओपनिङ्ग रेञ्ज ९९.६७ देखि २९९.०१ रुपैयाँसम्म !
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ भोलि शुक्रबार नेप्सेमा सूचिकृत हुने सम्भावना छ । कम्पनीको कारोबार दोश्रो बजारमा आइतबारदेखि गर्ने तयारी छ ।
कम्पनीको पहिलो कारोबार प्रति सेयर न्युनतम मूल्य ९९ रूपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रूपैयाँ ०१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६–७७ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ६७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २९९ रूपैयाँ एक पैसा हुन्छ ।












