७ श्रावण २०८३, बिहिबार

शुक्रबार दुई लघुवित्त कम्पनीको मूल्य समायोजन,कुनको कति ?



काठमाडौं । आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्त कम्पनिको शेयरमूल्य समायोजन भएको छ ।आज शुक्रबार स्वाबलम्बन लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।


शेयर मुल्य समायोजन भएको स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.००५६४५२६ प्रतिशत बोनस शेयर समायोजन गरेसंगै कम्पनिको शेयरमूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५० प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजन गरेसंगै कम्पनिको शेयरमूल्य १ हजार २२९ रुपैयाँ कायम भएको छ ।


कम्पनिको अघिल्लो कारोबार दिन बुधबार भएको अन्तिम मुल्यको आधारमा शेयरमूल्य समायोजन भएको हो। फागुन २६ गते बुधबार स्वाबलम्बन लघुवित्तको एक हजार ९८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सबैको लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।


साधारण सभा गर्नको लागि यो दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण भएको हो ।


प्रतिक्रिया दिनुहोस्