ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि बिक्री खुला
काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६।०८७’ मा आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको छ ।
ग्लोवल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
बैंककले १ अर्ब २० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागी विक्री गरेको हो । ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ । उक्त ऋणपत्रमा चैत्र १ गतेदेखी छिटोमा ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्मआवेदन दिन सकिन्छ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।













