सिटिजन्स लाइफले चालु आर्थिक बर्षभित्रै आईपीओ निष्काशन गर्छः सिईओ पौडेल
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो आर्थिक बर्षभित्रै आइपीओ निष्काशन गर्ने जनाएको छ । यो आर्थिक बषैभित्रै साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने तयारी गरिरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले जानकारी दिए । (सीईओ पौडेलले भने, “आइपिओको लागी हामी तयारी अवस्थामा छौं । केही महिनामा यसै आर्थिकवर्षभित्रैमै आइपिओ ल्याउनेगरी काम गरिरहेका छौं ।”
आइपीओ पछि लगानीकर्तालाई राम्रो प्रतिफल दिने उनले बताए । उनले भने, “ सिटिजन्स लाइफले कम्पीटिशनको हिसावले बेस रिटर्न दिन्छ । कम्पीटिशन कम्पनीको भन्दा हामी सिटिजन्स लाइफका इन्भेष्टर, प्रमोटरहरुले गुड रिटर्न पाउँछ । पोलिसिहोल्डर, स्टाफहरुले गुड फाइनानिसयल भ्याल्यू पाउँछन् ।” सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीसँगै खुलेका कम्पनीले आइपीओ निष्काशन गरिसकेका छन् ।












