नेपाल लाइफको सेयर मूल्य घटाउने प्रक्रिया अघि बढ्यो, किन घटाउँदै छ सेयर मूल्य ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर स्पिल्टका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीको प्रति शेयर मूल्य १ सय रुपैयाँबाट घटाएर ५० रुपैयाँ कायम गर्ने भएको हो । यस प्रस्तावलाई बार्षिक साधारण सभाबाट पारित गरिसकेको छ भने नियामक निकायले स्वीकृति दिन बाँकि छ ।
यसका लागि कम्पनीले प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको कम्पनीले छ । यस्तो व्यवस्थामा प्रतिसेयर अंकित मूल्य आधाले घट्दा सेयर संख्या भने दोब्बर हुन्छ । जस्तैः यदि नेपाल लाइफको १०० कित्ता सेयर छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि तपाईको सेयर संख्या बढेर २०० कित्ता पुग्छ । सम्पत्तिमा भने कुनै प्रभाव पार्दैन । अर्थात १०० कित्ता सेयर हुनेको संख्या बढेर २०० कित्ता पुगे पनि कुल सम्पत्ति भने यथावत रहन्छ ।
यस्तो भन्छन्, नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोस प्रसाई
१०० सय रुपैयाँको सेयरलाई ५० रुपैयाँ गर्ने हो । यो व्यवस्थाले सबैको पहुँचमा पुग्छ । एउटा सेयरलाई दुइवटा बनाएको हो । कम्पनी एक्टमा ५० भन्दा तल पुर्याउने भन्ने छैन । अझै १० पुर्याएको भए ठिक हुन्थ्यो । सबैलाई सेयर एक्सेसबल हुन्छ । त्यसको आफ्नै प्रक्रिया छन् । बीमा समिति, कम्पनी रजिष्ट्रारबाट स्वीकृत भएपछि त्यो लागू हुन्छ ।
हाल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर सूचीकृत छ । यदि पेडअप भ्यालू १०० रुपैयाँबाट घटेर ५० रुपैयाँ कायम भए सेयर संख्या बढेर १० करोड ९९ लाख २३ हजार २१६ कायम हुनेछ ।













