१ कार्तिक २०८३, आइतबार

पेट्रोलियम मूल्य ऐतिहासिक उच्च, निगमले पेट्रोलको मूल्य फेरि बढाएर ११८ रूपैयाँ पुग्यो



काठमाडौं । पेट्रोकोलको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । हालसम्म कै उच्च मूल्य कायम गर्दै नृपाल आयल निगमले मूल्य बढाएको हो । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेको छ ।