७ श्रावण २०८३, बिहिबार

सनराइज ब्लूचिप फण्डको ७१ लाख बढि कित्ता बिक्री, आवेदन दिने समय थप गरियो



काठमाडौं । चैत्र १ गते (आइतबार) देखि बिक्री खुला गरेको सनराइज ब्लूचिप फण्डको ७१ लाख बढि कित्ता बिक्री भएको छ । हालसम्म ७१ लाख कित्ता बिक्री भएको छ भने २९ लाख कित्ता बिक्री हुन बाँकि रहेकाले समय थप गरिएको छ ।

उक्त निष्काशन तथा बिक्री खुल्ला मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत्र १६ गते अगाडी नै निष्काशन तथा बिक्री बन्द गरिने छ । सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचिप फण्ड” को प्रति इकाई मूल्य रु. १० दरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसमा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखीएको छ । ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । जसका लागि आवेदन दिने समय थप गरिएको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्