सनराइज ब्लूचिप फण्डको आइतबारसम्म्म आवेदन दिन सकिने
काठमाडौं । सनराइज क्यापिटलले विक्रीमा ल्याएको सनराइज बूचिप म्यूचुअल फण्डको विक्रीको म्याद भोली आइतबारसम्म थप भएको कम्पनीले जनाएको छ ।
सनराइज क्यापिटलले “सन्राइज ब्लूचिप फण्ड” को प्रति इकाई मूल्य १०÷– दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
सो फण्डको भोलि मिति २०७७ चैत्र ८ गते आइतबार बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।













