नेप्सेको उकालो यात्रा शुरु, ६३.३८ अंकले बढेर कारोबार रकम पनि बढ्यो
काठमाडौं । पछिल्लो समयमा राजनीतिमा परिवर्तन हुन्छ भन्ने हल्लाले नेप्से ओरालो लाग्दै आएको थियो तर कुनै पनि परिवर्तन नभएपछि फेरि उकालो यात्रा शुरु गरेको हो । यस अघि विभिन्न विश्लेषणबाट नेप्से २ हजारको आसपास पुग्छ भन्ने अनुमान गरिएको भएपनि फेरि बढ्न थालेको हो । नेप्से बढ्नु पर्ने अवस्था श्रृजना आएको सेयर विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा बन्द भएको छ । आइतबार २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार २ सेयर कित्ता ८० हजार ९८६ पटक किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा सबै समूहमा हरियाली छाएको छ । दिनभरिमा जीवन बीमा समूहको सर्वाधिक ७४२.७६ अंकले बढेको भने दोस्रोमा निर्जीवन बीमा समूहको ५६१.३४ अंकले बढेको छ ।













