२८ श्रावण २०८३, बिहिबार

हिमालयन–इन्भेष्टमेन्ट बैंक मर्जर अघि बढ्यो, श्रेष्ठ बाधक नबने अर्को साता एमओयू गर्ने तयारी



मर्जरबारे छलफल गर्न हिमालयन बैंकले सोमबार बोलायो बोर्ड बैठक

उषा रेग्मी

काठमाडौं । बहुप्रतिक्षित दुई ठुला हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको तयारी अन्तिम अवस्थामा पुगेको छ । दुई बैंकले मर्जरमा जाने तयारीका साथ छुट्टाछुट्टै डिडिए गराएका थिए । डिडिएको रिपोर्ट इन्भेष्टमेन्ट बैंकको संचालक समितिमा छलफलको लागी पेश भैसकेको भएपनि हिमालयन बैंकले खोलेको छैन ।

स्वतन्त्र संस्थाबाट गरिएको डिडिएमा दुई बैंकको लगभग उस्तै अवस्था देखिएको अनुमान गरिएको छ । एद्देपी हिमालयन बैंकले डिडिएको रिपोर्ट खोलेको छैन । हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमका अनुसार बैंक संचालक समितिको बैठक भोली सोमबार बोलाएको छ ।

हिमालयन बैंकको संचालक समिति बैठकमा मर्जरबार छलफल हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्जरमा धेरै अगाडी बढिसकेको छ । इन्भेष्टमेन्ट बैंकको संचालक समिति बैठकले मर्जरमा जाने तयारी गरिसकेको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा दुबैतिर ठुलो सेयर हिस्सा भएका शसिकान्त अग्रवाल मर्जरको पक्षमा लागेका छन ।

विगत २ दशकदेखी बैंकको अध्यक्ष रहेका मनोजबहादुर श्रेष्ठ बाहिरिएपछि मर्जरबारे तिब्र गतिमा अघि बढेको छ । मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठ मर्जरमा जान हुँदैन भन्ने पक्षमा लागेका छन । बैंक अध्यक्ष रहेका श्रेष्ठ बाहिरिनु परेपछि उनले सकेसम्म मर्जर रोक्न लागेका छन ।
हिमालयन बैंकमा मुख्य लगानीकर्ता रहेका मनोन बहादुर श्रेष्ठले मर्जरको लागी साथ दिएमा आगामी सातानै एमओयूको संभावना रहेको छ ।

बैंक अध्यक्षबाट हटेपछि श्रेष्ठ र हिमालयन बैंकका सीईओ अशोक राणाविच सम्बन्ध त्यती राम्रो छैन । आफुलाई सबै मिलेर हराइएको भन्दै श्रेष्ठ मर्जरको विपक्षमा रहेको स्रोतले बताएको छ । यद्देपी सबै मर्जरमा जान एकमत भएमा श्रेष्ठ एक्लै बाधक नबन्न सक्छन ।

उता हिमालयन बैंकमा २० प्रतिसत सेयर रणनितीक साझेदार हविव बैंक पाकस्थानको रहेको छ । हविवले १ वर्ष अघिनै सिडिसि बैंक लाई सेयर बेचेर बाहिरिन खोजेपनि सो प्रक्रिया रोकिएको छ । हिमालयन बैंकले मर्जरमा जाने विषयमा रणनितीक साझेदारसंग पनि छलफल गर्नुपर्ने हुन्छ ।

उता हिमालयन बैंकमा २० प्रतिसत सेयर रणनितीक साझेदार हविव बैंक पाकस्थानको रहेको छ । हविवले १ वर्ष अघिनै सिडिसि बैंक लाई सेयर बेचेर बाहिरिन खोजेपनि सो प्रक्रिया रोकिएको छ । हिमालयन बैंकले मर्जरमा जाने विषयमा रणनितीक साझेदारसंग पनि छलफल गर्नुपर्ने हुन्छ ।

उता मर्जरपछि अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट र सीईओ हिमालयन बैंकबाट बन्ने मौखिक सहमती भैसकेको छ । झण्डै ५० अर्वको बैंक बन्ने भएपछि २ ओटा सीईओ राख्ने प्रश्ताव पनि नआएको होइन ।