आइतबार थप ७७ जनामा कोरोना, १०६ जना डिस्चार्ज भए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आइतबार थप ७७ जनामा कोरोना, १०६ जना डिस्चार्ज भए



काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना नयाँ संक्रमित थप भएका छन् । यो सँगै नेपालमा कोरोनासंक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अघिल्लो दिनको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ जना पुगेको छ ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा १०६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्