ओलीको काध थाप्न जसपा तयार, एमाले–जसपा वार्ता सकारात्मकतर्फ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीविच भेटवार्ता भैरहेको छ । एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली र जसपाका नेताहरुविच बालुवाटारमा छलफल जारी छ ।
प्रधानमन्त्री ओलीले बहुमत जुटाउन जसपालाई सरकारमा ल्याउन लागेका छन । जसपा भित्र पनि अहिलेको ओली सरकारलाई साथ दिनुपर्छ भन्ने आवाज बहुमत भएपछि सो पार्टीभित्रका ओली विरोधीलाई निर्णय गर्न गाह्रो परिरहेको छ ।
जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष ओली सरकारलाई साथ नदिने पक्षमा छन भने बरिष्ठ नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण ओलीको काथ थाप्ने पक्षमा उभिएका छन । नेताहरु महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमनत्रीसंग वार्ताको लागी बालुवाटार पुगेका छन ।













