अब सबै नागरिकले पेन्सन पाउनेः नागरिक कोषले ल्यायो पेन्सन योजना, यसरी सहभागी हुनुहोस्
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो वचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आवद्ध गराई बृहत रूपमा “नागरिक पेन्सन योजना” संचालनमा ल्याइएको हो ।
सहभागिता सम्बन्धी व्यवस्था
यस योजनाअन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक र कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर–आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।
बचत गर्न सकिने सीमाः
यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक त्रैमासिक र अर्धवार्षिक वार्षिकरूपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक रू. ५०० भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।
किस्ता रकम नियमित बुझाउनु पर्नेः
सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रूपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ ।
योजनाबाट अलग हुने अवस्थाः
बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा बसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरूले शर्त बमोजिम नियमित रूपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्ने छ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।
पेन्सन पाउन योग्य हुने अवस्थाः
–पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ ।
–कुनै बचतकर्ताको १५ वर्ष बचत नगर्दै साठी वर्ष उमेर पुरा भएको रहेछ भने त्यस्तो बचतकर्ताले निजले कोषमा जम्मा गरेको रकम त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रूपमा भूक्तानी लिन सक्नेछन् ।
–कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्ने छन् ।
पेन्सन गणना विधिः
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।
पति वा पत्नीले पेन्सन पाउनेः
–पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरू गरे पछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ ।
–बचतकर्ताको निबृतिभरण शुरू भए पछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बाँकी रहेको बचत रकम निजहरूको कानुनी हकदारलाई प्रदान गरिनेछ ।
–कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रूपमा प्रदान गरिने छ ।
सहभागीहरुलाई सापटी तथा अन्य सुबिधाः
–योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा कोषले निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रूपमा ब्याज प्रदान गरिने छ ।
–कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेका रकममा बढीमा ८० प्रतिशतसम्म सापटी प्रदान गर्न सक्ने छ ।
–जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारका लागि निजका नजिकका आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रूपैयाँ प्रदान गरिने ।
–बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा पाउने ।
–कोषको नियमानुसार सहभागी कर्ताले आवास कजा, सरल कर्जा, शैक्षिक कर्जा र सवारी कर्जा उपभोग गर्न सक्नेछन ।
योजनामा रकम जम्मा गर्ने विधिः
–सहभागी बचतकर्ताले जम्मा गर्नपर्ने रकम कोषले तोकेका बैंक खातामा भौचर मार्फत वा बिद्युतिय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छ । बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनु पर्नेछ ।
–कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रूपले उल्लेख गर्नु पर्ने छ ।
–हाललाई यस योजना सहभागी हुने बचतकर्ताले नागरिक लगानी कोषको नाममा एनआइसि एसिया बैंकमा रहेको खाता नं. ०५४४१५१०३५२१७०१२ मा जम्मा गर्नुपर्ने छ ।
कोषमा जम्मा भएको रकममा व्याज तथा प्रतिफल दिइनेः
योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रूपमा ब्याज प्रतिफल प्रदान गरिने छ ।
कोष संचालन
नागरिक पेन्सन योजना ट्रस्टी योजना भएको कारण यस्को सं चालन नागरिक लगानी कोष ९व्यवस्थापन० विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार अनुसार संचालन हुने छ । हरेक बर्ष बिमांकीय मूल्याकंन गरी उपलब्ध गराउने प्रतिफल र सुविधाहरूको परिमार्जन गरिने छ ।













