माधव नेपाल र भीम रावललाई डण्डाः ६ महिना निलम्वन गर्ने ओलीको निर्णय
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण माग गरेका थिए तर चित्तबुझ्दो स्पष्टिकरण नदिएकाले निलम्वन गरिएको स्रोतले जनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाएकोमा चैत १२ गते स्पष्टिकरण पठाएका थिए । बरिष्ठ नेता माधव नेपाल र भीम रावल प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सडकदेखि सदनमा समेत विरोध गर्दै आएका थिए ।














