२४ भदौ २०८३, बुधबार

महासंघको अध्यक्षमा पहिलो पटक महिलाको उम्मेद्धारी, प्रेस चौतारीसहित ९ संगठनको साझा घोषणा (घोषणासहित)



काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले उम्मेद्धारी घोषणा गरेकी छिन् । मंगलबार प्रेस चौतारीसहित ९ वटा संगठनको संयुक्त प्यानलबाट शर्माले अध्यक्ष पदका लागी उम्मेद्वारी घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघको ६६ बर्ष लामो इतिहासमा पहिलो पटक महिलाको उम्मेद्धारी शर्माले दिएकी हुन् । लामो समयदेखि पत्रकारीतामा सक्रिय रुपमा लागेकी शर्माले व्यावसायीक पत्रकार र पत्रकारितामा महिलाको हक हितमा काम गर्ने घोषणा गरेकी छिन् ।

निर्मला शर्माको अध्यक्षतमा माधव प्रसाद नेपाल वरिष्ठ उपाध्यक्ष, दाना केसी सुवेदी महिला उपाध्यक्ष, अवधेश झा समावेशी उपाध्यक्ष, बालकृष्ण बस्नेत महासचिव, रामकृष्ण ज्ञवाली खुल्ला सचिव, निमा काफूले महिला सचिव, स्वेता सिन्हा सचिव (मधेशी), शाहीमान राई सचिव (आदिवासी जनजाति), मधु शाही सचिव (दलित), रामेश्वर कार्की, सचिव (एशोशियट), कृष्ण गिरी कोषाध्यक्ष, द्वारिका काफ्ले लेखा समिति संयोजक पदका लागी उम्मेद्धारी घोषणा गरेका छन् ।

प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको निर्वाचन घोषणापत्र २०७७

पत्रकारको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक विकासका निम्ति नेपाल पत्रकार महासगमा सशक्त, समावेशी र व्यावसायिक नेतृत्व आजको आवश्यकता हो । महासंघको गौरवपूर्ण इतिहास र अग्रजहरुको योगठानप्रति उच्च सम्मानसहित महासंघको गरिमा, गतिशीलता र रूपान्तरणको निम्ति परिवर्तनका एजेण्डालाई आत्मसात गर्ने प्रगतिशील, समावेशीे र राष्ट्रिपताप्रति प्रतिबद्ध व्यावसायिक पणकारको संयुक्त प्यानलको निर्वाचन पोषणापत्र २०७७

१. पत्रकारको हकहित र पत्रकारिताको विकासका निम्ति राष्ट्रिय आमसञ्चार नीतिका साथै पत्रकार महासंघले विगतदेखि उठाउँदै आएका अन्य सबै मुद्दाको संबोधन एवं प्राकृतिक विपत, महामारी र अन्य विशेष अवस्थामा समेत “पत्रकारसँगै पत्रकार महासंघ” को नारालाई आत्मसात गर्दै नेपाल पत्रकार महासंघलाई पत्रकारको आफ्नो प्रिय संस्था र आमसञ्चार क्षेत्रको नेतृत्वदायी व्यावसायिक संस्थाको रूपमा स्थापित गरिने छ ।

२. श्रमजीवी पत्रकारको पेशागत हकहित, सुरक्षा र बृत्ति विकासका निम्ति श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन अपरिहार्य छ । लामो समयदेखि अल्झिएर रहेको यो मुद्दालाई आपसी संवाद, कानुनी उपचार र संघर्षको माध्यमबाट निष्कर्मा पुयाइने छ ।

३. पत्रकारिताको व्यावसायिक विकास, पत्रकारको आत्मसम्मान र दक्षता अभिवृद्धिको निम्ति अध्ययन, अनुसन्धान र प्रशिक्षण अपरिहार्य छ । त्यसको निम्ति नेपाल सरकार र सम्बद्ध निकायसँगको समन्वयमा पत्रकारिताका सबै आयामलाई समेट्ने गरी अत्याधुनिक प्रविधि र स्रोत साधनयुक्त आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना गरिने छ ।

४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पत्रकार महासंघ, नेपाली पत्रकारिता जगत् र सिंगो राष्ट्रको अभिष्ट हो । संघ, प्रदेश र स्थानीय तहबाट निर्माण हुने कानुन, संरचना र अन्य कार्यहरु यसको रक्षा र सम्बद्र्धनका निम्ति सहयोगी हुन आवश्यक छ । त्यसको निम्ति आवश्यकता अनुसार खबरदारी, सहकार्य र संघर्षको माध्यमबाट सशक्त भूमिका निर्वाह गरिने छ

५. इतिहासका विभिन्न कालखण्डमा परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका खेलेका स्वरोजगार मिडिया एवं आधारभूत तहका नागरिकको आवाज बोक्ने साना लगानीका र स्थानीय तहका सञ्चार माध्यम एवं बरिष्ठ पत्रकारहरूको समस्या बिशिष्ट खालका छन् । साथै, सबै खाले सञ्चारमाध्यममा आबद्ध र स्वतन्त्र पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र र प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यमको दर्ता र वर्षेनी नवीकरणको व्यवस्था एवं एफएम रेडियोलगायतको नवीकरण, पत्रपत्रिका वर्गीकरण र सुविधाको विद्यमान व्यवस्था अव्यवहारिक, झन्झटिलो र अन्यायपूर्ण छ । सम्बद्ध निकायसँग समन्वय गरी न्यायपूर्ण र सुविधाजनक हुने गरी यी सबै समस्याको तत्कालै नीतिगत र ब्यावहारिक सम्बोधन गरिने छ ।

६. पछिल्लो समयमा नेपाल पत्रकार महासंघलाई दलीय राजनीतिको थलो बनाउने, महाधिवेशनको मुखमा गैरपत्रकारलाई सदस्यता वितरण गरेर कब्जा गर्न खोज्ने, महासंघको विधानले व्यवस्था गरेका अधिवेशन, साधारण सभा, बैठक, भेला आदि समेत नगर्ने, पत्रकारलाई बृत्ति विकासका अवसरवाट बञ्चित गर्ने, सीमित अवसरमा समेत पूर्वाग्रही बन्ने र व्यक्तिगत स्वार्थमा महासंघको ब्यानरलाई दुरुपयोग गर्ने प्रवृत्तिका कारण महासंघको छवि धुमिल बनेको छ । महासंघलाई सबै पत्रकारको साझा, व्यावसायिक, गरिमायुक्त र सशक्त नागरिक अगुवा संस्थाको रुपमा पुर्नस्थापित गर्न अत्यावश्यक छ । यसको निम्ति महासंघमा शुद्धीकरण र रुपान्तरण अभियान सञ्चालन गर्नुका साथै विधानको उदेश्य व्यवस्था बमोजिम सबै पत्रकारको साथ, सहयोग र सहभागितामा लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धति अनुसार महासंघको छवि र पत्रकारको प्रतिष्ठा बढ्ने गरी सुशासन र पारदर्शीतासहित आवश्यक पहलकदमी र कार्यहरू गरिने छ ।

७. नेपाल पत्रकार महासंघ र सम्पूर्ण सञ्चार माध्यमका साथै राज्यका हरेक निकायमा लैंगिक समानता र सामाजिक समावेशिकरणको प्रत्याभूति एवं सञ्चारमाध्यमका विषयवस्तुलाई बहुलता र विविधता युक्त बनाउन ठोस अभियान सञ्चालन गरिने छ ।

No photo description available.
No photo description available.