सुनको मूल्य लगातार ओरालोतर्फ, दुई दिनमा १ हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।













